दैलेखमा पत्रकारको कोरोना जाँच पिसिआरको दायरा बढाउँदै जिल्ला स्वास्थ्य


कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि दैलेखमा कोरोना परिक्षणको दायरा बढाईएको छ । पत्रकारलाई समेत संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटा जिल्लाका पत्रकारहरुलाई कोरोना परीक्षण सुरु गरेको छ ।
दैलेखमा पहिलो चरणमा १८ जना पत्रकारलाई कोरोनो परीक्षण गरिएको हो । स्थानीय र राष्ट्रिय स्तरका बिभिन्न संचार माध्यामहरुमा काम गर्ने पत्रकाहरुलाई जाँच गर्न अनुरोध गरे अनुसार जिल्ला स्वास्थ्य कार्यालय दैलेखले परीक्षण गरिदिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र के.सी.ले जानकारी दिएका छन् ।
पछिल्ला दिनहरुमा छिमेकी मुलुक भारतबाट दैलेख भित्रनेहरुको क्रम बढेसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेखले पिसिआर परिक्षणको दायरा बढाउँदै लैजाने तयारी गरेको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिएका छन् ।
दैलेखमा लक डाउनको अवधिभर १५ सय बढी भारत र तेस्रो मुलुकबाट दैलेख भित्रिएका थिए भने लक डाउनको अवधिमा पनि करिव ३ सय बढी मानिसहरु छिमेकी मुलुक भारतबाट दैलेख भित्रिएका छन् । स्वाब संकलन र परीक्षणको दर भने एकदमै न्यून रहेकोले अव दायरा बढाउने तयारी थालिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेखमा हालसम्म १ हजार ६८ जनामा कोरोना परीक्षण गरिएकोमा आरडिटि बिधिमार्फत ८ सय ६६ र स्वाब संकलन बिधि मार्फत २ सय २ जनाको मात्र परिक्षण गरिएको छ । १८ जना पत्रकार सहित शनिवार र आईतवार स्वाब संकलन गरेर पठाएका १ सय ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए ।
दैलेखमा शुक्रवार देखि नियमित रुपमा भारतबाट उद्धार गरिएका व्यक्तिहरुको संख्या करिव ३ सय बढी पुगिसकेको छ । उद्धार गरिएका सवैलाई उनिहरुको घरपाएक पालिकाले निर्माण गरिएका क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार